कोरोनाको कारण समयमै डेङ्गुको उपचार नपाउदा बेंगलोरमा मेडिकल अध्ययनरत नेपाली विद्यार्थीको निधन

भारतको कर्नाटक राज्यको बेंगलोरमा मेडीकल अध्ययन गर्दै गरेका झपाका पवन दहालको समयमै उपचार नपाउदा ज्यान गएको छ।

बेङ्लोरको बिथल कलेजमा मेडिकलसम्वन्धी अध्ययन गरिरहेका पवनलाई लकडाउनकै क्रममा ज्वरो आएको थियो । ज्वरोलाई सामान्य रुपमा लिएर सिटामोल खाइरहेका पवनलाई रोगले च्याप्दै लगेपछि करिब ६ दिनपछि उनका साथीहरुले अस्पताल लिएर गएका थिए तर कुनै पनि अस्पतालले उनलाई भर्ना लिन मानेनन् । अन्तिममा एक सरकारी अस्पतालमा राखेर उनको परीक्षण गर्दा उनलाई डेङ्गु भएको पुष्ठि भएको थियो तर औषधी उपचार ढिलो भइसकेको कारण २१ मईका उनको निधन भयो ।

लकडाउनका कारण पवनका आफन्तहरु नेपालबाट बेंगलोरमा आउन पाएनन र उनको अन्तिम संस्कार उनी अध्ययरत कलेज प्रशासनको सहयोग र नेपाली विद्यार्थीहरुको उपस्थितिमा गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया