युएइमा रहेका २८ गर्भवती र कुवेतमा माफी पाएर बसेकालाई पहिलो प्राथमिकतामा नेपाल ल्याइदै

सरकारले युएइमा रहेका २८ गर्भवती र कुवेतमा माफी पाएर बसेका सहित २५ हजार नेपालीलाई प्राथमिकताका आधारमा एक हप्तादेखि १० दिनभित्र ल्याउने भएको छ।

सरकारले भारत र अन्य देशमा गरी झन्डै ६ लाख नेपाली तत्काल आफ्नो देश फर्किन चाहेको बताएको छ । यसमध्ये प्राथमिकताको आधारमा युइए, कतार, मालदिभ्स तथा बंगलादेशमा रहेका विद्यार्थीलगायत परेका छन् । समिति स्रोतका अुनसार युएइमा रहेका २८ जना गर्भवती नेपाली महिला र कुवेतमा लडकडाउनकै अवधिमा माफी पाएर देश फर्किन बसेका २५ सयदेखि ३ हजार घरेलु कामदारलाई पहिलो प्राथमिकतामा राखिएको छ । दैनिक ३ हजारदेखि ३५ सय जनालाई ल्याइने पनि स्रोतले बतायो ।

स्रोतका अनुसार आवश्यकता अनुसार केहीलाई लिन नेपालबाट विमान पठाइनेछ भने केहीलाई उतैको देशसँग समन्वयगरी ल्याइने छ । नेपाल आएपछि दुई दिन उनीहरुले आफ्नै खर्चमा काठमाडौंको होटलमा बस्नुपर्ने छ । अवस्थाहेरी केहीलाई भने सरकारले नै यो सुविधा उपलब्ध गराउने पनि समितिका एक सदस्यले बताए । दुई दिन काठमाडौंमा बसेपछि सबैलाई उनीहरुकै घर भएको स्थानीय तहका क्वारेन्टाइनमा बस्नेगरी पठाइनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया