अस्ट्रेलियाबाट नेपाल फर्किन चाहनेका लागि दूतावासले थाल्यो तयारी

नेपाल फर्किन चाहने नेपालीहरूका लागि अस्ट्रेलियास्थित नेपाली दूतावासले आफ्नो विवरण दिनका लागि सूचना जारी गरेको छ ।

नेपाल सरकार मन्त्रिपरिषदको १२ जेठको निर्णयअनुसार नेपालीलाई फर्काउने व्यवस्था गर्न लागिएको दूतावासले जनाएको छ ।

कोरोना भाइरसको महामारीका कारण नेपाल फर्किन नपाएका र तत्काल नेपाल फर्किन छाहने तथा फर्कन बाध्य हुने नेपालीले अस्ट्रेलियास्थित दूतावासले प्राथमिकताका आधारमा नेपाल फर्काउने तयारी गरिएको बताएको छ ।

नेपालीहरुलाई स्वदेश फर्काउनका लागि यसअघि दूतावासको फेसबुक पेज, इमेल, इमजेन्सी रजिष्ट्रेसन फाराम तथा टेलिफोनमार्फत् नाम टिपाएका र टिपाउन बाँकी रहेका नेपाल फर्कन चाहने सम्पूर्ण नेपालीले राजदूतावासको वेभसाइटमा राखिएको फारम भरेर २ जुन २०२० सम्ममा दूतावासमा बुझाउन आग्रह गरेको छ ।

विवरण अध्यावधिक भएपश्चात् मात्र नेपाल फिर्ता जान चाहने सम्बन्धमा प्राथमिकता निर्धारण गर्न, नेपालसम्मको पहुँच सुनिश्चित गर्न र नेपाल पुगेपश्चातको क्वारेन्टाइनको व्यवस्थापन गर्न सहज र सहयोग पुग्ने भएकोले सही विवरण उपलब्ध गराइदिनु अनुरोध गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया