नेपाल–भारतबीचको सिमा विवादमा भारत विरुद्ध बोले पाकिस्तानी प्रधानमन्त्री

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नेपाल–भारतबीचको सिमा विवादमा पहिलो पटक बोलेका छन् । प्रधानमन्त्री खानले धर्मको आडमा बाँचिरहेको मोदी सरकारको विस्तारवादी नीति छिमेकीहरूका लागि निरन्तर खतरा बनेको आरोप लगाएका छन् । 

‘नेपाल–चीनसगँगको सीमा विवादमा भारतले परिस्थिति बिगारिरहेको छ । काश्मीरलाई अवैध रूपमा ओगटेर भारतले चौथो जेनेभा सम्मेलनअनुसार, युद्ध अपराध गरेको छ । मैले सधैं भन्दै आएको छु कि मोदी सरकार भारतीय अल्पसंख्यकका लागि मात्र नभएर क्षेत्रीय शान्तिका लागि नै खतरा बनेको छ’ प्रधानमन्त्री खानले ट्विटरमा लेखेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया