को हुन् सामाजिक संजालमा हाँसोको पात्र बन्ने सेरे ?

आजकल फेसबुकलगायत सामाजिक संजालमा चुटि्कला तथा जोकहरुका प्रसस्तै पेजहरु देख्न पाइन्छ । पेट मिचिमिची हँसाउने ती पेजमा प्रायः एकजना पात्र कहिल्यै छुट्दैन, त्यो हो शेरे । शेरे नामको पात्रको रुपमा जोक तथा चुटि्कलाहरुमा साँच्चीकै पेट दबाएरै हाँसको एउटा स्केच देखिन्छ । त्यो पात्र यति मज्जाले हाँसेको छ की अनुहारमा मनग्गे चाउरी परेका छन् र आँखा लुप्त नै हुनेगरी चिम्सिएका छन् । भलै फेसबुक पेजको जोक खासै हँसाउने किन नहोस् शेरेको त्यो अनुहारले भने मज्जाले हँसाउँछ ।

आखिर त्यो हँसाउने स्केचवाला पात्रको त्यो चित्र कसले बनायो होला ?

त्यो साँच्चीकै मानिसको चित्र होला वा कसैकेा कल्पनाको खेति होला ? फेसबुकमा शेरेका जोक पढेर हाँस्ने हामी धेरैले यसमा खासै मतलब पनि गर्दैनौँ र जान्न चाहेपनि यसको उत्तर तत्कालै पाउन कठीन नै थियो । तर अन्ततः यो हँसिलो पात्रको पहिचान खुलेको छ अर्थात् फेसबुकमा जोकर बनिरहेको यो अनुहारको रहस्योद्घाटन भएको छ ।
नेपालमा मात्र होइन विश्वभर नै फेसबुकमा जोकर पात्रको रुपमा प्रयोग भएको यो चित्र वास्तवमा एक जना खेलाडिको वास्तविक तस्वीरको स्केच हो । यी हँसिला पात्र हुन् चिनिया बास्केटबल खेलाडि याओ मिङ ।
सन् २००९ मा एक पत्रकार सम्मेलनका क्रममा उनले हाँसको त्यो उन्मुक्त हाँसो यति लोकपि्रय बन्यो की अहिले ११ वर्षपछि सम्म पनि त्यो हाँसोको चित्र भाइरल बनिरहेको छ ।

सन् २००९ को मे महिनामा भएको बास्केटबल प्रतियोगिता पछाडि आयोजित पत्रकार सम्मेलनमा याओ र उनका साथी खेलाडि रोन आर्टेस्ट सहभागी थिए । रोन हँसिमजाक गर्दै बोलिरहेका थिए र याङ मुसुमुसु हाँसिरहेका थिए । तर रोनको कुरा यतिधेरै हाँसोलाग्दो भएछ की याओ टाउको माथि फैलाउँदै अट्टहास गर्न बाध्य भए । वास्तवमा उनको हाँसो निकै टिपिकल थियो । अझ भनौँ टिपिकल एसियाली हाँसो ।
याओको त्यो हाँसो सम्मिलित ३० सेकेण्डको भिडियो नै वास्तवमा कलाकारका लागि काफी थियो । एकजना कलाकारले त्यो भिडियोमा याओकेा हाँसोको सबैभन्दा चरम रुपलाई क्याप्चर गरे । साँच्चीकै अरुलाई हाँसो उठाउने खालको मुखाकृति बनेको थियो याओको ।

फेसबुकबाट तपाईको प्रतिक्रिया