प्रवासी नेपाली एकता मंच भारतद्वारा रुकुमको जातीय हिंसाका दोषीमाथी कडा कारबाहीको माग

रुकुमको जातीय हिंसाका दोषीमाथी कडा भन्दा कडा कारबाहीको माग गर्दै प्रवासी नेपाली एकता मंच भारतले विज्ञप्ति जारी गरेको छ ।

संयोजक लोकनाथ भण्डारीद्वारा जारी विज्ञप्तिमा नेपालको कानुनले जातीय आधारमा छुवाछुतलाई दण्डनीय अपराध भनेको ५७ वर्ष भईसकेको अवस्थामा पनि देशमा यस प्रकारका घटना घटनु निन्दनीय भएको र घटनामा संलग्नको आरोपमा पक्राउ परेकालाई राजनीतिक दबाब र प्रभावमा रिहा नगरी उच्च स्तरीय छानबिन समिति गठन गर्दै निष्पक्ष छानबिन गरी घटनाको सत्य तथ्य पत्ता लगाइ दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न माग गरेको छ ।


त्यसै गरि भेरी नदीमा घटेको यस घटनाका मृतकहरू प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्द बेपत्ता भएकाको खोजी, मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार गर्न सरकारसँग जोडदार माग गरेको छ।

हेरौ विज्ञप्ति

फेसबुकबाट तपाईको प्रतिक्रिया