भारतमा अलपत्र नेपालीहरुलाई पूर्वमन्त्री गोकर्ण बिष्टको सहयोग

भारत – पूर्व श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्ण विष्टले भारतमा अलपत्र परेका नेपालीको लागि सहयोग पठाउनुभएको छ ।

सांसद गोकर्ण विष्टको पहलमा भारतमा कोरोना महामारीका कारण अलपत्र परेका नेपाली समुदायमा राहत वितरण गरिएको छ । विष्टले पठाएको आर्थिक सहयोगबाट द वर्नईन नेपाल युथ क्लब, दिल्लीको संयोजनमा भारतका अलग अलग राज्यहरु दिल्ली, उत्तरप्रदेश, महाराष्ट्र, राजस्थान लगायतका स्थानमा बसोबास गर्ने अलपत्र परेका निम्न वर्गीय नेपाली मजदुर वर्गका परिवारलाई खाद्यान्न तथा अत्यावश्यक सामग्रीहरु अहिले वितरण गरिएको हो ।

कोरोना महामारीसगै जारी लकडाउनका कारण भारतका विभिन्न ठाउँमा रहेका नेपालीहरुको समस्या बढ्दो छ । कतिपय नेपाली कष्टपुर्ण यात्रा गर्दै सिमा सम्म आइपुगेका छन भने अत्यधिक नेपालीको दैनिकी झन झन कष्टपुर्ण बन्दै गएको छ ।

दुखमा परेका नेपालीहरूलाई लकडाउनको पहिलो चरण देखि नै सहयोग संकलन गरी राहत स्वरुप खाद्यान्न र अन्य अत्यावश्यक सामग्री वितरण गर्दै आइरहेको क्लबका अध्यक्ष सुवास केसीले बताउनुभयो ।

सहयोगलाई पीडित नेपालीहरु माझ पुर्याउनको लागि क्लबले लकडाउनको पहिलो चरणदेखि नै दिल्लीबाटै नेपाल सरकारका परराष्ट्र, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, प्रधानमन्त्री कार्यालय तथा सांसदहरुलाई समेत पत्राचार मार्फत ध्यानाकर्षण गराउदै आएको केसीले बताउनुभयो ।

नेपालीहरुको समस्याबारे जानकारी पाएपछी सांसद गोकर्ण बिष्टले सम्पर्क गरि चासो व्यक्त गरेको र गत साता नै आर्थिक सहयोग पठाएको क्लबले जनाएको छ । क्लबले आइतबार एक पत्र सार्वजनिक गरेर प्रवासी नेपालीको समस्यालाई महत्व दिएर संसदमा उठान गरिदिएकोमा र आर्थिक सहयोग समेत गरेकोमा पूर्वमन्त्री विष्टप्रति आभारसमेत व्यक्त गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया