भारतीय क्‍वारेन्टाइनमा रहेका नेपालीको मृत्यु

भारतमा रोजगारी गरी घर फर्कने क्रममा भारतीय क्‍वारेन्टाइनमा रहेका एकजना नेपालीको शनिबार मृत्यु भएको छ ।

लकडाउनका कारण स्वदेश आउन नपाएका ती नेपालीको सुनौली नाका नजिकको नौतनवास्थित राजिव गान्धी पीजी कलेजको क्वारेन्टाइनमा शनिबार बिहान मृत्यु भएको थियो ।

उनलाई स्वदेश आउने क्रममा सुनौली नाकाको सिमानाबाट केही दिन अघि फर्काएर भारतको नौतनवास्थित राजिव गान्धी पीजी कलेजको क्वारेन्टाइनमा राखिएको थियो । मृत्यु हुनेमा स्याङजाको हरिनाथ नगरपालिका-२ चिसापानीका ३५ वर्षीय देवबहादुर थापा रहेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया