साउदी अरबमा १३६४ जना नेपाली कोरोना भाइरसबाट संक्रमित

साउदी अरबमा १ हजार ३ सय ६४ जना नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । त्यस्तै कोरोना संक्रमणबाट ७ जनाले ज्यान गुमाएको नेपाली दूतावासले जनाएको छ ।

साउदी अरबको स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले दिएको जानकारी अनुसार मार्च २ देखि बिहीबारसम्ममा १ हजार ३ सय ६४ जना नेपाली संक्रमित भएका छन् ।

संक्रमितनहरु मध्ये आधा भन्दा बढी निको भई फर्केका र मृत्युदर पनि न्यून रहेको पाइएको छ ।

संक्रमित मध्ये ७ जना नेपालीको निधन भएको छ ।

साउदीले सङ्क्रमितमध्ये निको हुनेको सङ्ख्या नखुलाए पनि धेरै नेपाली निको भएको साउदीले दूतावासलाई जानकारी दिएको छ ।

यस्तै मे २३ देखि २७, सम्मका लागि साउदीले कार्फ्यु जारी गरेकाले यसको पालना गर्न दूतावासले अनुरोध पनि गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया