तनावमा हुनुहुन्छ ? मुक्ति पाउन बुद्दिसागर बस्यालका १० सूत्र पढ्नुहोस

बुद्दिसागर बस्याल नेपाली साहित्यमा चिरपरिचित नाम हो। यदी हजुरहरु तनावमा हुनुहुन्छ भने बुद्दिसागर बस्यालका १० सूत्र पढ्नुहोस, मुक्त्ति मिल्नेछ।

१- मज्जाले नाँच्नुस् । नृत्यले दिमाग पनि नृत्यरत हुन्छ ।

२ -आफ्नो लुगा आँफै धुनुस् । कहाँनेर ब्रस बढी घोट्ने र मयल कहाँनेर बढी छ, आफैलाई मात्र थाहा हुन्छ ।

३ – बर्षोदेखि मान्दै आएका मान्यतालाई प्रश्न गर्नुस् ! जस्तोः गुलाव सुन्दर फूल हो तर किन ? एकपन्ना लेख्नुस् !

४- समकक्षीको सफलताले पोलिरहेछ ? उस्को सफलतालाई सम्ममान गर्दे शन्देश लेख्नुस् ।

५ – खाना पकाउँनु नै छ भने हरेक दिनजस्तो उहि नपकाउँनुस् । युट्युव हेर्दे किचेनमा उपलव्ध अन्नबाट बिल्कुल नयाँ परिकार बनाउँने कोसिस गर्नुस् !

६ -अँ …युट्युवमा लोकेसन फेरिरहनुस्, नयाँ नयाँ देश राख्नुस् र टेड्रिङमा परेका भिडियो हेुर्नस् !

७ -हप्तामा एकदिन नयाँ नयाँ भाषाका कम्तिमा ५ वटा शब्द सिक्छु भन्ने प्रतिज्ञा गर्नुस् ! सिक्नुस् !

८ -संसारका सबै देशका राष्ट्रगान सुन्नुस् । सबै युट्युवमा भेटिन्छन्।

९ -असाध्यै तनाव हुँदा कि त ऐना हेर्नुस् । र, मुस्कुराउँने कोसिस गर्नुस् । सकिएन भने किचेनमा पसेर सकिने जति भाँडा पखाल्नुस् ।

१०- र, सकेसम्म आँफ्ना सबैभन्दा कम उमेरका स्मृतिहरु सम्झिने कोसिस गर्नुस् । स्मरणमा बसेको सबैभन्दा पहिलो स्मृति खोज्न ।

फेसबुकबाट तपाईको प्रतिक्रिया