लकडाउनलाई थप सशक्त बनाउने सरकारको घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस न्यूनिकरणका लागि सरकारले जारी गरेको लकडाउनलाई थप सशक्त बनाउने घोषणा गरेका छन् ।

शनिवार नेपालमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएपछि प्रधानमन्त्री ओलीले लकडाउनमा थप कडाई गर्ने संकेत गरेका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्,’कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बावजुद सिन्धुपाल्चोक निवासी सुत्केरी महिलाको मृत्युको खबरले मलाई अत्यन्त दुःखी तुल्याएको छ। मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछु। यस महामारीबाट अरू मानवीय क्षति रोक्न सरकारले जारी प्रयासलाई थप सशक्त बनाउने छ।’

सरकारले लकडाउन जारी गरेको आइतवार ५५ दिन हो ।

नेपालमा हालसम्म २ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । यस्तै ३६ जना उपचारपछि निको भएर घर फर्किएका छन्

फेसबुकबाट तपाईको प्रतिक्रिया