दुबईमा राम्रोसँग मास्क नलगाए १ हजार दिर्हाम जरिवाना

नाक, मुख नढाकी मास्क लगाउनेलाई यूएईको दुबई प्रान्तले एक हजार दिर्हाम जरिवाना तोकेको हो ।
मास्क राम्रोसँग नलगाउँदा सङ्क्रमण फैलिने जोखिम भएको भन्दै जरिवाना तोकिएको दुबई प्रहरीलाई उद्धृत गर्दै गल्फ न्यूजले लेखेको छ ।

मास्कले मुख मात्र छोप्ने, मास्क घाँटीमा झुण्ड्याउने, हातमा समातेर हिँड्ने, पाइन्टको गोजीमा राख्ने गरेको भन्दै यसको सहि प्रयोग गराउन जरिवाना तोक्नुपरेको दुबई प्रहरीले जनाएको छ ।

दुबई प्रहरीका अनुसार मार्च २६ देखि अप्रिल १६ को बीचमा मेडिकल मास्क नलगाउने र शारीरिक दूरी कायम नगर्ने १० हजार दुईसय ८६ जनालाई जरिवाना गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया