कुवेतमा रहँदा समस्या परेमा ह्वाट्सएप (Whatsapp) नम्बर मार्फत सम्पर्क गर्न सकिने,यी हुन् नम्बरहरु

कुवेत सरकारले लागू गरेको पूर्ण कर्फ्युको अवधिमा रहँदा कुनै समस्या परेमा सम्पर्क गर्नका लागि नेपाली राजदूतावास, कुवेतले ह्वाट्स एप (whatsapp) नम्बरहरू सार्वजनिक गरेको छ।

कुवेत सरकारले प्रदान गर्दै आएको आकस्मिक सेवा वा कोपरेटिभ सोसाइटीले प्रदान गर्ने सेवा मार्फत तपाईँको समस्या सम्बोधन हुन तत्काल नसकेमा र समस्या ढिलो नगरी सम्बोधन गरिहाल्नु पर्ने किसिमको भएमा निम्न नम्बरहरूमा सम्पर्क गर्न सकिन्छ:

हवालि गभर्नरेट: ५५९२६४३६

अहमदि गभर्नरेट: ५५२३१६७६

जाहरा गभर्नरेट: ५५८२३६४७

क्यापिटल गभर्नरेट: ५५७३४०३५

अल-फर्वानिया गभर्नरेट: ५५६५४२५६

मुबारक अल-कबिर गभर्नरेट: ५५४६५३२८
स्रोत: नेपाली राजदूतावास, कुवेत

फेसबुकबाट तपाईको प्रतिक्रिया