मूल प्रवाहद्वारा चण्डीगढमा २५० जनालाई राहत वितरण

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडीगढ़ नगर समितिले विगत ४५ दिनदेखि लकडाउन र कर्फ्युको कारण विवशतापुर्ण जीवन निर्वाह गर्न वाध्य भइरहेका करिव २०० जना नेपाली श्रमजीवी मजदुरहरुलाई राहत वितरण गरिएको छ ।

१० किलो चामल, १ किलो दाल, १ लिटर तेल, १ किलो नुन, ५०० ग्राम सोयाविन वडि, २ किलो आलु, २ केजी हरियो शव्जीहरु रहेको किट चण्डीगढ स्थित किसनगढ़, सेक्टर २८, कजहेडी, खुट्टे दौरा तथा सेक्टर १५ मा वितरण गरिएको हो। राहात पाउनेहरुले खुशी हुँदै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई धन्यवाद दिएका छ्न ।

त्यसैगरि सोही नगर समिति अन्तर्गत मोहाली एरियाको फेस ९ मा संगठनका केन्द्रीय सदस्य दिनेश खड़का र नगर उपाध्यक्ष वालाराम न्यौपानेको विशेष सहयोगमा स्थानीय मेयरसँग सहकार्य गरि ९ परिवारका करिव ५० जना राहात बितरण गरेको छ । विगतमा न्युडल, मोमोज लगाएर जीवन निर्वाह गरिरहेको भए पनि कार्यस्थल बन्दुसँगै आफुहरुलाई समस्या परेको गुनासो मूल प्रवाहसँग आएपछि सहयोग गरिएको नगर उपाध्यक्ष वालाराम न्यौपाने बतए ।

-नवीन खनालको सहयोगमा

फेसबुकबाट तपाईको प्रतिक्रिया