राष्ट्रिय जनमोर्चाले जलायो मोदीको पुत्ला

राष्ट्रिय जनमोर्चा दैलेखले भारतीय हस्तक्षेपविरुद्ध भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ । बिहीबार चामुण्डा बिन्द्रासैनी नगरपालिकाको दैलेख नगर मुख्यालय अगाडि मोदीको पुत्ला दहन गरेको हो ।

‘लिम्पियाधुरा, लिपुलेख र कालापानी हाम्रो हो, भारतीय साम्राज्यवाद मुर्दावाद, नेपाली भूमिमा सडक निर्माण बन्द गर’ लगायतका नारा सहितको जुलुसले नगर परिक्रमा गरी पुत्ला दहन गर्नुका साथै कोणसभामा परिणत भएक‍ थियो ।

कोण सभालाई राष्ट्रय जनमोर्चा कर्णाली प्रदेशका अध्यक्ष भरत बहादुर शाहीले सम्बोधन गर्दै देशको सीमा रक्षा र जनताको सुरक्षा गर्न ओली सरकार असक्षम भएको आरोप लगाउनुभयो । जनता कोरोना भाइरसको प्रवाह नगरी देशको सीमा रक्षाको लागि सडकमा उत्रिसकेको भन्दै अब यो आन्दोलनलाई जनताले निरन्तर अगाडि बढाउनुपर्ने उहाँले बताउनुभयो ।

कोणसभालाई नेकपा (मसाल)का प्रतिनिधि पुर्ण बहादुर शाही र राजमो दैलेख जिल्ला अध्यक्ष अम्बर बहादुर नेपालीले पनि सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन अखिल (छैठौं) का जिल्ला अध्यक्ष शिव आचार्यले गर्नुभएको थियो ।

-नवीन खनालको सहयोगमा

फेसबुकबाट तपाईको प्रतिक्रिया