प्रहरी शौचालय गएको मौका छोपेर क्वारेन्टाइनबाट युवती भागिन

बर्दियाको मधुवन नगरपालिका– ८ शिवदुर्गा माध्यमिक विद्यालय दुर्गापुरमा रहेको क्वारेन्टाइनबाट आज बिहान एक युवती फरार भएकी छन्।

उनी भागेको जानकारी पाउनासाथ खोजी भइरहेको वडाध्यक्ष विजय रानाले बताए।

काममा रहेका प्रहरी शौच गर्न गएको मौका छोपी युवती फरार भएकी हुन्। विद्यालयमा ४३ शय्या रहेकामा अहिले त्यहाँ पाँच जना मात्र छन्।

तीमध्ये चार पुरुष र एक महिला थिए। निज युवती पाँच दिनअघि मात्र बाँकेबाट आएकी हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया