कतारमा मास्क नलगाई हिड्नेलाई दुई लाख जरिवाना र ३ वर्ष जेल

कतार सरकारले जुनसुकै कामले बाहिर निस्कंदा पनि मास्क नलगाइ हिड्नेलाई कडा कारबाही गर्ने भएको छ ।

मन्त्रीपरिषदको बुधबार बसेको बैठकले आउँदो आइतबारदेखि लागू हुने गरी गाडीमा चालक एक्लै यात्रा गर्दा बाहेक घर बाहिर जुनसुकै कामले निस्कंदा पनि मास्क अनिवार्य रुपमा लगाउनुपर्ने निर्णय गरेको हो ।

तीन वर्ष जेल सजाय र दुई लाखसम्मको जरिवाना वा दुईमध्ये एक सजाय हुनेछ यदि कतारमा मास्क प्रयोग नगरेमा।

नेपाल दूतावासले कतार सरकारको यो नियम पालना गर्न त्यहाँ कार्यरत सबै नेपालीलाई अनुरोध गरेको छ ।

कतारले यसअघि निश्चित क्षेत्रमा मात्र अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरेको थियो । अब सबैका लागि यो नियम लागू गर्ने निर्णय भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया