स्थापना भयो दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको ‘बीओपी’

काठमाडौं-दार्चुलाको ब्यास गाउँपालिका १ स्थित छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना भएको छ। दार्चुलाको ब्यास गाउँपालिका १ छाङरुमा स्थापना भएको बीओपी बुधवारबाट सञ्चालनमा आएको हो।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापा र दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलसहितको टोलीले बीओपीको उद्घाटन गरेका हुन्। नेपाली सेनाको हेलिकप्टरमार्फत बीओपीमा आवश्यक पर्ने सामान आज विहान मात्रै दार्चुला लगिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया