वर्षमा एक पटक मात्र चल्छ भारत स्थित नेपाली दुतावासको फेसबुक पेज

तपाइँ आफ्नो सामाजिक संजाल कति-कति समयको अन्तरालमा चलाउनुहुन्छ? एक घण्टा, एक दिन या एक हप्ता। अझ यो “कोभिड 19” कोरोना भाइरसले गर्दा हामी सबैसग फुर्सद नै फुर्सद छ, धेरैले छिन छिनमै चलाउछ्न। जति ब्यस्त भएपनि १ पटक फेसबुक नहेरेको दिनै हुदैन।

तर सबैको फेसबुक चलाउने समय एउटै हुदैन, फुर्सद पनि नि सबैलाई हुदैन। डाटा नभएर पनि होइन, २४ घण्टा फृ वाई-फाई छ तर पनि फेसबुक चलाउदैन । हो, हाम्रो भारत स्थित नेपाली दुतावासले सालमा १ दिन मात्र चलाउछ। बिश्वास नलागे तपाइँ आफनै हेर्नुहोस भारत स्थित नेपाली दुतावासको फसबुक पेज “Nepal Embassy, New Delhi”। पछिल्लो पटक १४ मे २०१९ मा चलेको नेपाली दुतावासको फेसबुक पेज, त्यो भन्दा पहिले २१ जून २०१८ मा चलेको थियो। २०१५ अप्रिल मा खोलिएको फेसबुक पेज भुकम्पको बेला नियमित संचालित भए पनि त्यस पछि दुतावासलाइ चलाउने फुर्सद नै छैन । सायद भुकम्प पछि दूतावास पुननिर्माणमा लाग्यो होला।

कुवेत स्थित नेपाली दुतावासले हरेक दिन फेसबुकमा जानकारी दिन्छ, हप्ताको एक दिन फेसबुक Live आउछ, आफ्ना नेपाली नागरिकका समस्या समाधान सहयोग गर्न प्रयत्न गर्छ। तर भारत स्थित नेपाली दुतावासलाई त्यसको मतलब छैन। जेष्ठ नागरिक राजदुत निलम्बर आचार्य twitter चलाउछन, जे भन्नु छ twitter मै भन्छन अनि आफ्नो जिम्मेवारी पुरा भएको ठान्छन। दुतावासका कर्मचारीले आफ्ना दैनिक गतिबिधि जस्तै चिया खाएको, पार्टीमा गएको, ताज महल घुमेको निजि फेसबुकबाट हाल्छन। उनीहरुलाई के को मतलब दुतावासको फसबुक पेजसग, उनीहरु त आफ्नो ४ सालको अवधि पुरा गर्न आएका हुन् भारत, मनमा एउटै कुरा खेल्छ उनीहरुको,”सरकारी काम कहिले जाला घाम”

भारतमा बस्ने धेरै नेपालीले यो महामारीमा दुतावासको फेसबुक पेजमा संदेश पठाएका छन् तर यी संदेशको दुतावासलाई के को मतलब। धेरैले दुतावाससग सहयोग मागेका छन्, जानकारी मागेका छन् तर दुतावास चिर निन्द्रामा छ। दुतावास त जहाँ छौ, सुरक्षित रहौको नारामा कोरोना विरुद्ध लडाई जित्न लागेको छ। एउटा हेल्पलाइन नम्बर छ, जो २१० पटक फोन गर्दा नि नलाग्ने, लागोस पनि किन, उसको काम दुतावासका कर्मचारीलाई खुशी बनाउने हो, भारतमा अप्ठारोमा परेका नेपालीलाइ होइन।

२ मे २०२० मा चण्डीगडबाट हरिस धामीले दुतावासको पेजमा लेखेको मर्म स्पर्सी संदेश हेरौ उनकै शब्दमा

“बिदेश मा रहेका हरेक देशका नागरिक को आफ्नो राजदुतावासमा भरोसा रहेको हुन्छ तेस्तै भरोसा म सहित India मा रहेका लाखौं नेपालिहरुको Nepal Embassy, New DelhiNepal Embassy, New Delhi सङ्ग यो कोरोना को महामारी मा रहेको थियो तर अहिले यो महामारी को समय मा लाखौं नेपालिहरुले भारत मा भोकभोकै जीवन मरणको दोसातमा हुदापनी दूतावास ले आफ्ना देशका नागरिकहरू लाई स्वदेश फिर्ता लैजान केही पहल नगरी दिदा आम नेपाली को भरोसा हटेको छ आखिर किन हो दूतावास ??आफ्ना देशका नागरिक लाई समस्या पर्दा खेरी कुनै पहल नगर्ने हो भने के अर्थ रह्यो यो दूतावास हुनु या नहुनुमा ?? लाखौं नेपालिको बिचल्ली छ म सोयम भारत को चन्डिगड मा दुख भोगिराछु।या म मात्रै होइन म जस्ता हजारौं नेपाली मेरै वरिपरि भोक्भोकै जीवन को आश मारेर आज हो कि भोलि भनी जिईरहेका छ्न ।।मेरो विनम्र अनुरोध छ दूतावास सङ्ग हामी नेपाली हरुलाई स्वदेश फिर्ता लैजान पहल गरिदियोस विनम्र अनुरो छ ।

अन्तिममा हरिश धामीको शब्दलाई सपटी लिएर भन्दा,” आफ्ना देशका नागरिकलाई समस्या पर्दा कुनै पहल नगर्ने हो भने के अर्थ रहयो, दूतावास हुनु र नहुनुमा”?

फेसबुकबाट तपाईको प्रतिक्रिया