भारत सरकारद्वारा २० लाख करोडकाे आर्थिक प्याकेज घोषणा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो पटक २० लाख करोडकाे आर्थिक प्योकज घोषणा गरेका छन्।

मंगलबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले आर्थिक प्याकेज घोषणा गरेका हुन्। यो प्याकेज भारतको कुल गार्हस्थ उत्पादन (जीडीपी) को १० प्रतिशत हो। यो आर्थिक प्याकेजबाट श्रमिक, किसान लगायतको आर्थिक स्थिति उकास्न खर्च गरिनेछ।

माेदीले भारतमा लकडाउन पनि लम्बिने भएको छ मोदीले १७ पछि पनि लकडाउन जारी रहने बताएका हुन्। यद्यपि अबको लकडाउन नयाँ नियमका साथ लागु हुने उनले बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया