भारत विरुद्ध आन्दोलन गर्दै गरेका राष्ट्रिय जनमोर्चाका नेता काठमाडौंबाट गिरफ्तार

भारतले लिपुलेकमा सडक निर्माण गरी नेपालको सार्वभौमिकतामाथि आँच पुर्याएको विरुद्ध राष्ट्रिय जनमोर्चाले गरेको प्रदर्शनका क्रममा काठमाडौंबाट नेता कार्यकर्ताहरु गिरफ्तार भएका छन् ।

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका कपनस्थित राजमो केन्द्रीय कार्यालयबाटै मंगलबार ८ जना नेताहरुलाई गिरफ्तार गरिएको छ । यस्तै, कलंकी चोकबाट चार जनालाई गिरफ्तार गरिएको राजमो केन्द्रीय कार्यालयले जनाएको छ ।

कपनस्थित केन्द्रीय कार्यालयबाट जुलुशसहित सुकेधारा जाने क्रममा कार्यालय अगाडिबाटै नेताहरुलाई पक्राउ गरी प्रहरीले भ्यानमा हालेको थियो ।

पक्राउ पर्नेहरुमा राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्मा, अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरव रेग्मी, राजमोका केन्द्रीय सदस्य बासुदेव पोख्रेल, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सल्लाहकार मधु क्षेत्री, राजमो बुढानिलकनठ नगरपालिकाका नगर अध्यक्ष छवि खनाल, नेकपा (मसाल) बाग्मती प्रदेश प्रबक्ता समीर सिंह, रक्तिमका केन्द्रीय कोषाध्यक्ष विष्णु शर्मा मदन पाण्डे हुनुहुन्छ ।

यस्तै, कलंकी चोकमा विरोध प्रदर्शन गर्ने क्रममा राजमोका पूर्व सचिव कृष्ण अधिकारी, नेताहरु झविन्द्र बेलबासे, अमरबहादुर पौडेल र गुरु पौडेलललाई प्रहरीले गिरफ्तार गरेको छ ।

-नबिन खनालको सहयोगमा

फेसबुकबाट तपाईको प्रतिक्रिया