ज्ञानेन्द्र शाही फेरी पक्राउ

लकडाउन उल्लंघन गरेको आरोपमा ज्ञानेन्द्र शाही फेरी पक्राउ परेका छन्। केहि दिन पहिले पनि पक्राउ परेका शाही अदालत बसेर छुटेका थिए।

मंगलबार दिउँसो उनलाई काठमाडौंस्थित थापाथलीबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसरका डिएसपी सुधिर शाहीले जानकारी दिए।

भारतले लिपुलेकमा सडकविस्तार गरेको विरोधमा ज्ञानेन्द्र शाही प्रदर्शन गर्न निस्केका थिए। उनलाई प्रहरीले पक्राउ गरी पुलिस क्लबमा राखेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया