भारतमा अलपत्र परेका नेपालीको समस्या समाधानको लागि नेजस उत्तर भारतद्धारा मुख्यमन्त्रीलाई ज्ञापन पत्र

नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रद्धारा मुख्यमन्त्री पोखरेललाई भारतमा रहेका नेपालीहरु समस्यामा रहेको र उनीहरुका पिडाहरु समाधान गर्ने सन्दर्भहरु सहितको ज्ञापन पत्र बुझाएका छन।

मुख्यमन्त्री पोखरेलले नेपाल सरकारले भारतीय नागरिकहरुलाई सुरक्षित तरिकाले हेरविचार गरिरहेको उल्लेख गर्दै भारत सरकारले पनि नेपालीहरुको हेरचाहा गर्नुपर्ने बताए । संस्थाकी अध्यक्ष सुनिता कुँवरले मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै भारतमा नेपालीहरुको समस्याहरुको बारेमा बताइन् । उनले नेपालीहरु कोरोनाको मारले गर्दा दैनिकी काट्न पनि नसक्ने अवस्थामा पुुगेको बताइन्।

जवाफमा मुख्यमन्त्री पोखरेले भारतमा रहेका नेपालीहरुको समस्या समाधान गर्न केन्द्र सरकार संग पहल गर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया