भारतले सीमा मिच्दा किन बोल्दैनन मधेशवादी नेताहरु?

आफ्नो पहिचान र अधिकारको नाममा संविधान सभाबाट संविधान जारी गर्दाको बखत सीमा नाका बन्द गर्ने मधेशवादी नेताहरु अहिले मुलुकको सीमा मिचिँदा एक शब्द बोलेका छैनन् ।

संविधान सभाबाट संविधान जारी गर्दाको बेला दशगजा क्षेत्रमा पाल टाँगेर आन्दोलन गरेका उनीहरुकै आन्दोलनलाई देखाएर भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो।

मुलुकमा नाकाबन्दी हुने गरी आफ्नो अधिकार र पहिचानका लागि आन्दोलन गरेका मधेशवादी दलका नेताहरुले अहिले भारतले नेपाली भूमि मिच्दा मौन बसेका छन्।

देशको सार्वभौमिकता, स्वतन्त्रता र अखण्डमाथि प्रहार गर्ने भारतको कदमको विरोध गर्न आँट उनीहरुले देखाउन सकेका छैनन् ।

भारतले नेपालको लिम्पियाधुराको भूमि अतिक्रमण गरेर सडक निर्माण गरेको विषयमा परराष्ट्रमन्त्री समेत रहेका उपेन्द्र यादवले मौनता साँधेर बसेका छन्।
त्यसैगरी अन्य नेताहरु पनि चुप लागेर बसेका छन्। उनीहरुको मैनता देख्दा यस्तो लाग्छ यो बिषय उनीहरुको छेत्र भित्र पर्दैन र यसले उनीहरुलाई फरक पर्दैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया