विदेशमै शव अन्त्यष्टि गर्न दिए नेपालमा परिवारलाई ५० हजार राहत दिने सरकारको प्रस्ताव

विदेशमा ज्यान गुमाएका कामदारको शव उतै अन्त्यष्टि गर्ने अनुमति दिन वैदेशिक रोजगार बोर्डले परिवारसँग आग्रह गरेको छ।

कोरोना भाइरसका कारण विसम् परिस्थिति सिर्जना भएका बेला विदेशमा ज्यान गुमाएका नेपालीहरुको शव ल्याउन नसकिएका बेला बोर्डले परिवारसँग यस्तो प्रस्ताव गरेको छ। त्यसबापत सरकारले मृतकका परिवारलाई सान्तवना/राहत स्वरुप ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ।

बोर्डका अनुसार अहिले विदेशमा करिब १ सय ११ जनाभन्दा बढीको शव अलपत्र छ। कोरोनाका कारण ज्यान गुमाएकाको अन्त्यष्टी विदेशमै हुने भएपनि अन्य कारणले मृत्यु भएकाको शव पनि ल्याउन सकिएको छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया