ग्रेटर नेपालद्वारा राजदूत आचार्यलाई फिर्ता बोलाउन माग

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यलाई फिर्ता बोलाउन माग गरेको छ।

राजदुत आचार्यलाई तत्काल नेपाल फिर्ता बोलाउनु पर्ने भन्दै राष्ट्रवादी मोर्चाले आज एक प्रेस बिज्ञप्ति जारी गरेको छ।

बिज्ञप्तिमा भनिएको छ- आफ्नै आखा अगाडी आफ्नै भूभागमा भारतले सडक शिलान्यास गरेको नदेख्नु मात्र होइन, लगातार १२ वर्षसम्म नेपालको सरहदभित्र चिनसग जोड्ने सडकको निर्माण भइरहदा आफुले थाहा नपाएको भन्ने निर्लज्ज लवज सुन्नुपर्ने एकातर्फ साधारण नेपाली हतप्रभ भएका छौ भने अर्कातिर नेपाली जनतालाई ढाट्ने अकमण्य नेतृव यस्तो निकृष्ट चरित्रले बिश्वमै वीर कहलिएको नेपाली जाति वीर होइन कायर भैसकेको रहेछ भन्ने गलत सन्देश प्रवाहित भएको छ।

बिज्ञप्तिमा अहिलेको यो अवस्थामा दोषारोपण गरेर जग हसाउनेभन्दा सबै नेपाली एक ढिक्का हुनुपर्ने बताइएको छ।

त्यसैगरी अब पनि खुट्टा कमाइयो भने कहिल्यै उठ्न सकिदैन। तसर्थ ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा भारतीय ज्यादतीबिरुद्द कुटनीतिक दबाबस्वरूप अतिक्रमित कालापानी लिपुलेक छेत्रको नेपाली भूमिमा सडक बनाएर उसले खडा गरेको समस्या समाधान नभएसम्म भारतका लागी नेपालका राजदुत नीलाम्बर आचार्यलाई नेपाल फिर्ता बोलाउन सरकारसग माग गर्दछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया