भारतमा अनाधिकृत रूपमा तत्थ्याक संकलनको भ्रम , दूतावास भन्छ हामीले अनुमति दिएका छैनौ

भारतमा अलपत्र परेका नेपालीहरूको नेपाल पठाइदिने बहानामा अहिले विभिन्न सस्थाहरुले अनधिकृत रूपमा तत्थ्याक संकल गरिरहेका छन्।

दूतावासलाई दबाब दिने नाममा राजनीतिक दलका संस्था र केही बिधार्थी सङ्गठनले डाटा संकल गरिरहेका छन् ।

यो बारेमा हामीले दिल्ली स्थित नेपाल दूतावासलाई सम्पर्क गर्दा दूतावासले अनभिज्ञ प्रकट गर्‍यो। दूतावासबाट कसैले पनि यस्ता तत्थ्याक संकल गर्न अनुमति नलिएको र भारतमा बस्ने नेपालीहरूलाई कुनै संस्थाले फैलाएको हल्लाको पछाडि नलाग्न पनि आग्रह गरेको छ। साथै विगतमा केही बस समूहले नेपाल पुराइदिने बहानामा बिच बाटोमै अलपत्र पारेको हुनाले नेपाली दूतावास बाहेक अन्य सूचनालाई आधिकारिक नमान्न पनि आग्रह गरेको छ।

त्यसै गरी दिल्ली बिश्वबिद्यालयको नेपाली विद्यार्थी समूहले पनि यसमा आफूहरूको संलग्न नभएको भनी विज्ञप्ति प्रकाशित गरेको छ ।

केहि संघ सस्थाका प्रतिनिधिलाई हामीले सम्पर्क गरेर यस बारे जानकारी लिएका थियौ जसमा उनीहरुले एक तहको तथ्यांक आउने र सोहि अनुरुप नेपाल सरकारलाई दवाव दिएर यहाँ अलपत्र भएका नेपलिहरुलाई फर्काउने कुरा व्यक्त गरेका थिए । यसरी अनाधिकृत रुपमा ब्यतिगत जानाकारी लिनु गतल हैन र भन्ने प्रश्नमा उनीहरुले हाम्रो त्यस्तो मनासाय हैन तर पछिल्लो समय जो कोहिले पनि गुगल फर्म तयार गरेर यसो गरेको पाएपछि हामीले बन्द गरेका छौ भनेका छन् ।

यसरी आफ्नो गोप्य विवरण फर्ममा भर्दै गर्दा भोलि अप्ठ्यारो नपर्ला भन्न सकिन्न । अथवा जो कसैले पनि तपाईको व्यक्तिगत विवरण सजिलै हात पार्न सक्ने हुदाँ समयमै सचेत हुन प्राविधिक बिज्ञ बताउछन ।यस्ता फर्म जो कसले पनि जो सुसुकैको नामामा बनाउन सक्ने हुदाँ कसले के प्रयोजनको लागि तयार गरेको हो भन्ने थाह हुदैन त्यसैले समयमै सचेत हुनु पर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया