नेपालीलाई पर्ने सबै समस्या समाधान गर्न दुतावास तयार भएको राजदूत ढकालको भनाइ

ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले श्रमिकलाई परेका हरेक समस्या सुन्न र समाधानका लागि तत्पर रहेको बताउनुभएको छ । कोरोनाका कारण मात्र नभएर श्रमिकलाई परेका हरेक समस्या सुन्न र समाधानका लागि दूतावास तयारी अवस्थामा रहेको उहाँले बताउनुभएको हो ।

कोरोनाकै कारणले ओमानमा त्यति धेरै श्रमिकाई समस्या परेको जानकारी प्राप्त नभए पनि पछि उत्पन्न हुनसक्ने परिस्थितिका लागि दूतावास तयारी अवस्थामा रहेको राजदूत ढकालले बताउनुभयो । ‘अहिले नै हामी ठाउँठाउँमा जानुपर्ने अवस्था त आइसकेको छैन, तर हामी तयारी अवस्थामा छौं,’ उहाँले भन्नुभयो, ‘भोलि आउने हरेक परिस्थितिको सामना गर्न तयारी अवस्थामा छौं ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया