नेपाली भूमि मिचेर सडक बनाएको भन्दै ओली- प्रचण्डले गरे भारतको विरोध

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भारतले नेपाली भूभाग लिपुलेक हुँदै सकड निर्माण गरेकोमा आपत्ति जनाएको छ ।

सो पार्टीका अध्यक्षद्वय प्रचण्ड र केपी ओलीले एक संयुक्त वित्रप्ति जारी गर्दै भारतले मानसरोबर जोड्ने सडक नेपाली भूमि मिचेर बनाएको भन्दै आपत्ति जनाएका हुन् ।

विज्ञप्तिमा भारतको हालको एकतर्फी कार्य दुई सरकारले उच्चस्तरीय समितिका बीचमा भएको सहमति विपरित भएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा नेपाल र भारत सरकारलाई दुबै पक्षबीच भएको समझदारी अनुसार कूटनीतिक माध्यमबाट सबै सीमा समस्याहरूको समाधान गर्न तत्काल आवश्यक भएको पनि उल्लेख गरिएको छ ।

यस्तै भारतले त्यस क्षेत्रमा तत्काल थप सडक निर्माण कार्य रोक्न पनि माग गरेको छ।

यता भारतले भने सडक निर्माण भएको क्षेत्र नेपालको नभएको दावी गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया