भारतले आफ्ना नागरिक नेपालबाट लैजाने

काठमाडौं–भारतले विश्वभरमा रहेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता लैजाने अभियान सञ्चालन गरेको छ ।
‘वन्दे भारत मिसन’ र ‘मिसन समुद्र सेतु’ अभियान सञ्चालन गरेको भारतले हालसम्म विभिन्न देशबाट एक हजार ४२५ जना भारतीयलाई आठवटा उडानमार्फत स्वदेश फिर्ता गरी सकिएको छ ।

त्यस्तै, भारतीय नौसेनाले जल मार्गमार्फत माल्दीभ्सको राजधानी मालेबाट ६९८ जनालाई केरलाको कोची पुरयाएको छ ।
नेपालबाट पनि आफ्ना नागरिक लैजाने तयारी भारतले गरेको छ ।
नेपालबाट भारत जान चाहनेहरुले नेपालस्थित भारतीय दूतावासमा निवेदन दिइरहेका छन् । सबै प्रकृया पूरा भएपछि उनीहरुलाई आफ्नो देश लगिने भारतीय दूतावास स्रोतले जनाएको छ ।

दूतावासका अनुसार हालसम्म पाँचसय भन्दा बढीले फर्म भरिसकेका छन् । नेपालमा करिब तीन लाख जति नेपाली रहेका छन् ।

हवाई रुटमार्फत संयुक्त अरब इमिरेट्स, बहराईन, सिंगापुर र ढाकामा फसेका नागरिकलाई भारतले घर फर्काएको हो भने अन्य देशहरुबाट पनि उद्धार गर्ने क्रम जारी छ ।

आउने केही दिनमा हजारौं भारतीयहरुलाई स्वदेश फर्काउने लक्ष्य भारतले लिएको छ । भारतले कोरोनाको जोखिम न्यूनीकरणका लागि मेई १७ सम्म लकडाउन घोषणा गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया