कुवेतमा दुई दिनमै ३ नेपालीको मृत्यु

कुवेतमा दुई दिनमा ३ नेपाली कामदारको मृत्यु भएको छ । हृदयघात,आत्महत्या र श्वास-प्रस्वासमा समस्याका कारण दुई दिनमा ३ नेपाली कामदारको मृत्यु भएको हो।

रोजगारीको लागि कुवेत पुगेका संखुवासभाका ३७ वर्षिय मान बहादुर आले मगरको हृदयघातबाट मृत्यु भएको छ ।मृतक आले १८ महिना अघि कुवेत पुगेका थिए । मृ’तकको शव पोस्टमार्टम लागि कुवेतको फर्वानिया अस्पताल लगिएको जानकारी प्राप्त भएको छ ।

यस्तै, कुवेतमा इलामकी देउ कुमारी कार्कीले पनि आत्माहत्या गरेकी छन् । घरेलु महिला कामदारको रुपमा कुवेत पुगेकी कार्कीले महाबुल्लास्थित स्पोन्सरको घरमा झुन्डिएर आत्महत्या गरेको दूताबास स्रोतले जनाएको छ ।

यता, कपिलवस्तुका बुद्दिभूमी नगरपालिका घर भई कुवेतमा कार्यरत बिष्णु प्रसाद न्यौपानेको पनि मृत्यु भएको छ । कुवेतको आदान अस्पतालमा उपचारकै क्रममा न्यौपानेको मृत्यु भएको कुवेतस्थित नेपाली दूताबासका द्वितीय सचिब श्रीकृष्ण सिलवालले जानकारी दिएका छन् ।

श्वास-प्रस्वासमा समस्या भएपछि न्यौपानेलाई महाबुल्लाकै अस्पताल पुर्याइएको र त्यहाँ उपचार सम्भव नभएपछि आदान अस्पताल रिफर गरिएको थियो। बिगत ३ वर्ष देखि कुवेतमा कार्यरत मृतक न्यौपानेको श्रीमती पनि कुवेतमै कार्यरत रहेकी छन् । मृतक सबैको कानुनी प्रकृया थालिएको दूताबासले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया