सुहाना थापाको जन्मदिन : मन्दिर परिसरका गाईहरुलाई खाना खुवाईन

काठमाडौ । नायिका सुहाना थापाले आज आफ्नो जन्मदिन कृष्ण मन्दिर गएर पूजा अर्चना गरेर मनाएकी छिन् । मन्दिर परिसर पुगे पश्चात सुहानाले गाईहरुलाई खाने कुरा ख्वाएकी छिन् ।

आज सुहाना २३ वर्षमा लागेकी छिन् । यहि अवसरमा सुहाना काठमाण्डौको बुढनिलकण्ठमा रहेको राधाकृष्ण मन्दिर परिसरमा रहेको इस्कन नेपाल पुगेर ७५ वटा गाईलाई केरा र खाने कुरा ख्वाएकी छिन् । आफ्नो परिवारसंग मन्दिर पुगेकी सुहानाले केक समेत काटेकी छिन् र मन्दिरमा पूजा गर्दै आशिर्वाद समेत लिएकी छिन् । सुहाना थापाले मन्दिर मै बनेको केक काटेकी थिईन ।

‘ए मेरो हजुर ३’ चलचित्रबाट चलचित्रमा डेब्यु गरेकी सुहाना थापाको चर्चा चुलिंदो छ । ए मेरो हजुर ४ को लागि नेपालमा रहेकी सुहाना अहिले लकडाउनका कारण चलचित्रको शुटिङ्ग स्थगित भए पश्चात अध्ययन तर्फ लागेकी छिन् । आफूलाई चलचित्रमा अब्बल अभिनय देखाउन घरमा बसेर अध्ययन गरिरहेको आमा झरना थापाले बताएकी छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया