२२ बर्षदेखि साउदीमा काम गर्दै आएका एक नेपालीको कोरोना संक्रमणले मृत्यु

कोरोना संक्रमणका कारण इटहरी ५ घर भएका ५१ बर्षीय काजीमान कटुवालको २० बैशाखमा साउदी अबरमा मृत्यु भएको हो ।

उनी एक महिना अघिबाट कोरोना भाइरससंग जुद्धै आएपनि पछिल्लो समय उनलाई भारइरले अध्याधिक च्यापेका कारण बैशाख १ गतेबाट साउदीको एक अस्पतालमा भर्ना गरिएको थियो । तर बैशाख १३ गतेबाट उनको स्वास्थ्य अवस्था थप नाजुक भएको थियो । त्यसपछि उनलाई सो अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो ।

त्यसपछि उनको घरपविारका कोही सदस्यसंग कुराकानी नभएको परिवारिक श्रोतको भनाई छ ।मृतकका सालो पनि साउदीमै संगै रहेकाले उनैले कोरोना भाइरसका कारण भिनाजुको मृ’त्यु भएको इटहरी ५ स्थित उनको घरमा खबर गरेका थिए । २० बैशाखमा मृत्यु भएपनि अस्पतालले मृत्यु भएको प्रमाण नदिएकाले को’रोना भाइरसकै कारण मृत्यु हो होइन भन्ने पुष्टि भएको थिएन् । तर हिजो साँझ त्यहाँको अस्पतालले कोरोना संक्रमणकै कारण कटुवालको मृत्यु भएको प्रमाण दिएको थियो । सोही प्रमाणपत्र सालाले परिवारलाई पठाएपछि उनको मृत्यु को’रोना भाइरसकै कारण भएको पुष्टि भएको छ ।

उनको शब नेपाल ल्याउन सम्भव नभएकाले साउदीमै त्यहाँको सरकारले नियम अनुसार सावधानी अपनाएर दाहसंस्कार गर्ने भएको छ । उनि २२ बर्षदेखि साउदीको एक कम्पनीमा कार्यरत थिए । उनि पछिल्लो समय गत बर्षको चैत्रमा घर आएर पुनः रोजगारकका लागि साउदी गएका थिए । उनको घरमा आमा, श्रीमति, दुई छोरी र एक छोरा छन् । उनका कान्छी छोरी भने दुई बर्षदेखि अष्ट्रेलियामा अध्ययनरत छिन् । हिजो मात्रै उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेकाले आजबाट उनको परम्परा अनुसार काजक्रिया थाल्ने परिवारले जनाएको छ । काजक्रियामा उनको छोरा बसेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया