भारतको गुजरातमा अलपत्र परेका नेपालीले जलाए प्रधानमन्त्री ओलीको पुत्ला (भिडियो सहित)

भारतको गुजरात राज्यको सुरतमा लकडाउनका कारण अलपत्र परेका २०० नेपालीले प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएका छन्।

प्रधानमन्त्री ओलीले बुद्ध जयन्तीमा दिप जलाउन गरेको आग्रहमा उनीहरुले दिप जलाउन तेल नभएर प्रधानमन्त्री ओलीको पुतला जलाउन परेको बताएका छन्।

त्यसै गरी उनीहरुले अहिले सरकारले उद्दार नगरे आउने चुनाबमा हिसाब किताब गर्ने बताएका छन्। आफुसग भएको रासन सकिएको र अहिले बाटोमा बाडेको खीचडी एक छाक खाएर बसेको बताएका छन्। आफु सगै काम गर्ने भारतका अन्य राज्यका नागरिकलाई उनीहरुको प्रदेश सकारले घर बोलाएको र आफुहरु मात्र अहिले त्यहाँ रहेको बताएका छन्।

हेर्नुहोस भिडियो

फेसबुकबाट तपाईको प्रतिक्रिया