सुदूरपश्चिम बैतडी घर भएका एक नेपाली युवालाई दिल्लीमा लाग्यो कोरोना भाइरस

नेपाल स्थायी घर सुदूरपश्चिम प्रदेशको बैतडी भई हाल दिल्लीको आजातपुर सब्जिमण्डी बस्दै आएका 23 वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको छ।

दिल्लीमा फलफुल सप्लायर्सको काम गर्दै आएका ती युवकमा कोरोना भाइरसको लक्षण देखिएपछि हिजो राति 3 बजे अस्पताल लगिएको थियो। थ्रोट स्वाब परीक्षण गर्दा उनमा कोभिड-19 पोजेटिभ देखिएको हो।

अहिले उनी शुल्तानपुरस्थित एक अस्पतालमा छन र त्यहाँ उनलाई भर्ना गरेर उपचार प्रक्रिया सुरू गरिने सुदूरपश्चिमेली नेपाली समाजले जानकारी दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया