के शारीरिक सम्पर्कबाट पनि सर्न सक्छ कोरोनाभाइरस? नयाँ अध्ययनले यस्तो भन्छ

कोरोनाभाइरस यौन सम्पर्कबाट नसर्ने मान्यता अहिलेसम्म राखिएकोमा चीनका अनुसन्धाताहरूले पुरुषको वीर्यमा कोरोनाभाइरस बसिरहने कुरा पत्ता लगाएका छन् । यसले गर्दा कोरोना संक्रमित पुरुषले यौन सम्पर्क गर्दा अर्को व्यक्तिलाई कोरोना सर्ने सम्भावना देखिएको छ ।

चीनको शाङक्यु म्युनिसिपल अस्पतालमा भर्ना भएका ३८ जना कोरोना संक्रमितहरूको अनुसन्धानमा यो तथ्य फेला परेको हो । तीमध्ये निको भइसकेका ६ रोगीको वीर्यमा कोरोनाभाइरस भेटिएको हो ।

आफूहरूको अध्ययन प्रारम्भिक चरणमै रहेको र सानो संख्याको संक्रमित पुरुषहरूमा मात्र आधारित रहेको अनुसन्धाताहरूको भनाइ छ । तर यौन सम्पर्कमा कोभिड–१९ सर्छ कि सर्दैन भन्ने विषयमा थप अध्ययन गर्नुपर्ने उनीहरू बताउँछन् ।

अध्ययनको निष्कर्ष जर्नल अफ अमेरिकन मेडिकल एसोसिएसनमा प्रकाशित छ ।

‘सार्स–कोभ–२ यौन सम्पर्कबाट सर्छ भन्ने कुरा प्रमाणित गर्न सकियो भने यसलाई रोक्नका लागि कदम चाल्न सकिने सम्भावना छ,’ उनीहरूले भने । ‘निको हुन लागेका रोगीको वीर्यमा भाइरस देखिएकाले यसको रोकथामको उपाय पत्ता लाग्न सक्ने देखिन्छ ।’

विज्ञहरूले यी खोजहरू विचारोत्तेजक भए पनि यिनलाई सतर्कतापूर्वक लिनुपर्ने अनि अन्य अध्ययनहरूमा वीर्यमा कोरोनाभाइरस नदेखिएको बताए ।

-एजेन्सीको सहयोगमा

फेसबुकबाट तपाईको प्रतिक्रिया