थप दुई जनामा नेपालमा कोरोना ,संक्रमणको संख्या १०१ पुग्यो

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण आज थप दुई जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा कपिलबस्तु का १६ वर्षीय र २२ वर्षीय पुरुषमा संक्रमण देखिएको हो

योसँगै संक्रमितको संख्या १०१ पुगेको छ ।

बुधबार एकै दिन १७ जनामा संक्रमण देखिएको थियो ।

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार संक्रमितको अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया