बलिउडका सुन्दरी कंगनादेखि शिल्पासम्म जसले स्तन बढाए

विश्वभर नै फिल्म क्षेत्र होस् या अन्य कुनै ग्ल्यामर क्षेत्र जसमा सुन्दर देखिन होस् या फिगरको मापन बदल्न होस् स्तन घटाउने या बढाउने गरेको पाइन्छ । तर यसको प्रभाब बलिउडमा उच्च रहेको पाइन्छ ।

बलिउड नायिका शिल्पा सेट्टी सरोगेसीको माध्यमबाट दोस्रो पटक आमा बनिन् । पाँच वर्षदेखि बनाएको योजना सफल भए पनि उनी अहिले विवादमा छिन् । विवादको कारण हो उनी प्राकृतिक रुपमै आमा बन्न सक्षम हुँदाहुँदै सरोगेसीको सहयोग लिएकोमा। सुन्दरता बिग्रने डरले उनले सरोगेसीका माध्यमबाट सन्तान जन्माएको भन्दै आलोचना भइरहेको हो ।

सुन्दरतासँगै आफ्नो बजार भ्यालु हुने भएकाले हलिउड र बलिउडका कलाकारले सरोगेसीमात्रै होइन‚ प्लास्टिक सर्जरी समेत गर्ने गरेका छन्। अधिकांश सर्जरी नाक, ओठ, हिप, ब्रेस्टको हुने गरेको छ।शिल्पाले आफ्नो नाक र ब्रेस्टको सर्जरी गराएकी थिइन्। उनको पहिलेको र अहिलेको तस्बिर हेर्दा उनले प्लास्टिक सर्जरी गराएको प्रष्टै देखिन्छ।

अर्की अभिनेत्री सुष्मिता सेनले पनि आफ्नो ब्रेस्टको सर्जरी गराएर आकार बढाएकी थिइन्। उनी सन् १९९४ मा मिस युनिभर्स हुँदाताकाको तस्वीर र त्यसपछिका तस्वीर हेर्दा फरकपन देखिन्छ नै।अहिले चर्चामा रहेकी कंगना रनोतले समेत ब्रेस्टको प्लास्टिक सर्जरी गराएर आकार बढाएकी थिइन्। सन् २०११ मा सार्वजनिक भएको उनको तस्वीरले उनले ब्रेस्ट सर्जरी गरेको खुलेको थियो।आयशा टिकिया, श्रीदेवी, विपाशा बासु, राखी सावन्तले समेत आफ्नो ब्रेस्टको प्लास्टिक सर्जरी गराएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया