विवादास्पद अध्यादेश राष्ट्रपति भण्डारीद्वारा खारेज

राष्ट्रपति विद्यादेवी भण्डारीले हालै जारी भएका दुवै विवादास्पद अध्यादेश खारेज गरेकी छन् ।

चौतर्फी विरोध भएपछि शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णयपछि राष्ट्रपति भण्डारीले अध्यादेश खारेज गरेकी हुन् ।

यी दुवै अध्यादेश मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख ८ गते राष्ट्रपति भण्डारीले जारी गरेकी थिइन् ।

अध्यादेशको चौतर्फी आलोचना भएपछि प्रधानमन्त्रीले पार्टी नेताहरूसँग उक्त अध्यादेश फिर्ता लिने वचन दिएका थिए ।

विवादास्पद अध्यादेश फिर्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्र चर्को दबाब परेको थियो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका बहुमत सदस्यको बिहीवार बसेको बैठकले अध्यादेश फिर्ता नभए राजनीतिक दुर्घटना हुनसक्ने भन्दै सचेत गराएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया