विदेशमा रहेका नेपालीहरू कोरोनाबाट बच्ने उपाय

-डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

अमेरिका, युरोपियन युनियनका देशहरु, बेलायत, मिडिल इष्ट लगायतका क्षेत्रमा धेरै नेपालीहरु कोरोना भाइरसबाट संक्रमित हुनुहुन्छ । झन्डै ६ दर्जन नेपालीको मृत्यु भएको छ । धेरै नेपाली आइसीयु र भेन्टिलेटरमा हुनुहुन्छ । यो परिदृश्यबाट हामी नेपालीको मन रोएको छ ।
.
कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि तथा कोरोना संक्रमणबाट गम्भीर अवस्था नआओस भन्नको लागि आदरणीय नेपाली बुवाआमा, दाजुभाइ तथा दिदीबहिनीहरुलाई निम्न उपाय अबलम्बन गर्न अनुरोध गर्दछु ।
.
१. जीवनरक्षा भन्दा महत्वपूर्ण वृत्ति अरु केहि छैन । तसर्थ यो महामारीमा काम छुटेपनि, कमाई छुटेपनि, फाइदा छुटेपनि कृपया घरभित्र सुरक्षित रुपमा बस्नुहोला । माहुरीले फूल नफुल्ने मौसमको लागि मह स्टोर गरेजस्तै हामीले अहिलेसम्म कमाएको खाएर भएपनि तथा लोन लिएर भएपनि घरमै बस्नुहोला । सपिंग धेरै दिनको लागि गर्ने, त्यसलाई संक्रमणरहित बनाउने तथा बाहिर गइरहने अवस्था सिर्जना नगर्नुहोला ।
२. रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि तथा जीवन बचाउनको लागि बैज्ञानिक रुपमा प्रमाणित निम्न लिखित सप्लिमेन्ट सेवन गर्नुहोला । यसका बैज्ञानिक र प्रमाणित आधार धेरै छन्, ती यहाँ प्रस्तुत गर्दा लेख लामो हुने भएकोले कन्टेन्ट मात्र उल्लेख गरेको छु ।

-भिटामिन डी ( Vitamin D ) 1000 IU दैनिक वा 60,000 IU हप्ताको १ पटक नियमित खाने ।

-भिटामिन सि इम्युन बुस्टर भिटामिन हो । दिनको १ चक्की भिटामिन सि ( ५०० एमजी ) चुस्नुहोला ।

-Methylcobalamin 1500mcg अर्थात् vitamin B12 दिनको १ चक्की खानुहोला ।

-Zinc 40 mg दिनको १ पटक खानापछि सेवन गर्नुहोला ।

-Vitamin B6, Vitamin D3 कन्टेन्ट मल्टिभिटामिन दैनिक सेवन गर्नुहोला ।

-Vitamin E 400mg बिहान १ क्याप्सुल दैनिक सेवन गर्नुहोला ।

-साल्मोन फिसको omega 3 fatty acid अर्थात फिस आयल दिनको २ क्पाप्सुल नियमित सेवन गर्नुहोला ।

फेसबुकबाट तपाईको प्रतिक्रिया