अमेरिकन चलचित्रमा दिदी-बहिनी बनेर खेल्दै केकी-स्वस्तिमा

नायिका केकी अधिकारी र स्वस्तिमा खड्काले अमेरिकन चलचित्रमा काम गर्ने भएका छन् ।

अमेरिकन चलचित्र निर्माण पक्षले अङ्ग्रेजी भाषामा निर्माण गर्न लागेको चलचित्रमा स्वस्तिमाले मुख्य भूमिका निर्वाह गर्ने छिन् । साथै उत्त चलचित्रमा केकी अधिकारीले स्वस्तिमाकि दिदि बनेर काम गर्दै छिन।

केही समय अगाडि नेपाल आएको चलचित्रको टिमले अडिसनबाट नै स्वस्तिमा र केकीलाई छनोट गरेको हो । स्वस्तिमा र केकीसँगै अन्य केही नायिकाहरुले पनि अडिसन दिएका थिए ।

चलचित्रको निर्माण पक्षको विषयमा भने अहिले सार्वजनिक गरिएको छैन । चलचित्रमा अन्य कलाकार भने अमेरिकन नै हुने बुझिएको छ । चलचित्रको सम्पूर्ण छायांकन पनि अमेरिकामा नै हुनेछ । कोरोनाको त्रास सकिएलगत्तै चलचित्रको छायांकन सुरु हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया