२ महिने शिशुमा पनि देखियो नेपालमा कोरोना

२ महिने शिशु सहित नेपालमा बुधबार १७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्।
थपिएका सबै संक्रमित पर्सा जिल्लाका हुन्। उनीहरूमध्ये १० पुरूष र ७ महिला छन्। योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ९९ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार आज कोरोना भाइरसको संक्रमण पुष्टि भएकामा २ महिनाका शिशु पनि छन्। यो नै नेपालमा सबै भन्दा कम उमेरमा लागेको संक्रमण हो।
फेसबुकबाट तपाईको प्रतिक्रिया