पारस शाह फेरि विवादमा

काठमाडौं । पारस शाह फेरि विवादमा आएका छन् । उनले अर्धनग्न भिडियो सार्वजनिक गरेर विवादमा आएका हुन् ।

बाथट्युबमा नुहाइरहेको भिडियो पारसले सार्वजनिक गरेका हुन् । उनले भिडियोमा आफू नुहाइरहेको बताएका छन् । शरीरको माथिल्लो भाग पुरै देखिएको छ ।

भिडियोमा पारस शाहलाई महिलाले बोलाएकी छिन् । उनले आफू फेसबुक खोलिरहेको बताउँदै आफू निकै क्रेजी भएको बताएका छन् ।

पूर्व युवराज पारस पछिल्लो समय घरपरिवारबाट टाढा छन् । उनी युट्युबर सोनिका रोकायासँग डुलिरहेको तस्बिरहरु सार्वजनिक भइरहेको छ ।

आज उनले सोनिका रोकायासँग सम्बन्ध राम्रो भएको भन्दै फेसबुकमा लेखेका छन् । उनी सोनिकासँग रोमान्समा रहेको हल्ला चलिनै रहेको छ ।

Gepostet von Paras Shah am Montag, 4. Mai 2020

फेसबुकबाट तपाईको प्रतिक्रिया