भारत तथा देश बाहिर रहेका नेपालीहरुको समस्या समाधानको संभावित उपायहरु

१. नेपालले भारतभरि रहेका नेपालीको(अहिले दोहोरो नागरिकता लिनेहरुलाई पनि) तथ्यांक निकाल्न सुरु गर्ने, यसको लागी नेपालको स्थानिय तहले पनि आफ्ना नागरिक कुन देशमा कति र यदि भारतमा हो भने कुन राज्यमा गएका छन् भनेर तथ्यांक निकाल्ने र भारतमा रहेको नेपाली दुतावासलाई कडा निर्देशन दिएर भारतमा रहेका नेपालीको यकिन संख्या निकाल्ने, र यदि यो काम दुतावासले गर्न सक्दैन भने प्रवासी संगठनहरुलाई जिम्मा दिने

२. तथ्यांक ३/४ दिन भित्र सक्दो निकालिसक्ने, हचुवाको भरमा हिजो देखि राजनीतिक खपतको लागि भनिदै आएको भ्रामक तथ्यांक खपत गर्ने शैली र नेपालमा रहेका जनतालाई पनि यहाँको गलत तथ्यांक भनेर आतंकित तुल्याउने काम तत्काल बन्द गर्नलाई पनि यो सहायक सिद्द हुनेछ

३. नेपाल सरकार र भारत सरकारले उच्च स्तरिय छलफल गरेर ठोस समाधान र योजना अघि ल्याउने र भारतमा रहेका नेपालीहरुको टेस्टिङ्ग गरि स्वास्थ्य र सुरक्षित रुपमा नेपाल फर्काउन सहमति गर्ने र संक्रमित नेपालीलाई यहीं दुतावास र भारत सरकारको रोहबर र निगरानीमा क्वारेन्टाईनमा राख्ने

४. स्थानिय तहको सहयोग र समन्वयमा उनीहरुको अवस्थालाई हेरी कडा स्वास्थ्य चेक जांच गरी प्राथमिकताको आधारमा चरण चरणमा नेपाल भित्राउन सुरु गर्ने

५ नेपाल फर्काउन के कति समय लाग्छ त्यो अनुमान गरेर सोहि अनुरुप केहि समयलाई राहत प्याकेज घोषणा गर्ने

६. नेपाल भारत सिमा झन् कडाई गर्ने र यो बेला कडाई गरिएको सिमा अब भविष्यमा पनि जारि राख्ने, हिजो जस्तो खुला सिमाको परम्परालाई अब बन्द गर्ने

७. दुतावासलाई कडा नीति निर्देशन दिएर सक्रिय तुल्याउने र यथार्थ जानकारी लिने

८. परिस्थिति झन् विकराल बन्दैछ, यसलाई नजर अन्दाज नगरी दिर्घकालिन योजनाका साथ निर्मम बनेर नीतिनिर्माण गर्ने र अहिलेलाई भने जुनसुकै हालतमा जतिनै समय लागेपनि नेपालीलाई फर्काउन योजना सुरु गर्ने गरि युद्दस्तरमा अघि बढ्ने

९. प्रवासमा रहेका नेपालीहरुलाई सान्त्वना सहि, विनम्र आवाज र आशारुपी योजना देखाउदै (हिजोको दिनमा जस्तो गैर-जिम्मेवार र रुखोको विपरित) यो कठोर समयमा मुक्त गर्ने प्रतिबद्धता व्यक्त गर्दै सरकारले तत्काल सम्बोधन गर्ने

(माथिका सुझाबहरु हामीले सुधन महतको फेसबुकबाट लिएका हौ )

फेसबुकबाट तपाईको प्रतिक्रिया