मध्यरातमा छोराको कुटपिटबाट आमाको मृत्यु

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ तुमकोटकोमा छोराले आमा लाई कुटपिट गर्दा मृत्यु भएको छ।

अन्दाजी २२ बर्षका छोरा बिमल नेपालीले राती करिब ११ बजेको समयमा घरायसी झैझगडा हुदा आमा ६० बर्षको हिरा कला नेपालीको आफ्नै घरमा कुटपिट गर्दा मृत्यु भएको हो।
प्रहरी श्रोत अनुसार उक्त घटना स्थलमा जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीको टोलि खटिरहेको छ र निज छोरा बिमल नेपालीलाइ प्रहरीले नियन्त्रणमा लिइ सोधपुछ तथा थप अनुसन्धान गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया