काठमाडौं आउँदै गरेको जिप त्रिशूली नदीमा खस्दा आमाछोरीसहित ३ जना बेपत्ता

प्युठानबाट काठमाडौं आउँदै गरेको जिप आज (बिहीबार) बिहान त्रिशूली नदीमा खस्दा आमाछोरीसहित ३ जना बेपत्ता भएका छन्।
लु १ च ९७३१ नम्बरको जिप बिहीबार बिहान मुग्लिनभन्दा करिब २ किलोमिटर वर त्रिशूलीमा खसेको हो।
गाडीका चालक सूर्य केसी, यात्रु प्युठानको झिम्रुक गाउँपालिका–५ खहरेकी जमुना रोका र उनकी ११ वर्षीया छोरी नदीमा बेपत्ता भएकाे जमुनाका भाइ शरद रोकाले जानकारी दिएका छन्। उनका अनुसार जमुनाका श्रीमान मुकुन्दराज रोका भने नदीबाट पौडी खेलेर बाँच्न सफल भएका छन्। तर घाइते छन्।
उनकाे अहिले भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवं सांसद दुर्गा पौडेलले जानकारी दिइन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया