भारतबाट फर्कन चाहने नागरिकलाई यथासिघ्र देश भित्र लैजान एकता मंचको माग

नयाँ दिल्ली – अखिल भारत नेपाली एकता मंच केन्द्रीय समितिले भारतमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन पहल गरिदिन अनुरोध गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ ।

मंचका महासचिव चक्र बहादुर मलाती हस्ताक्षरित उक्त पत्रमा कोरोना रोकथामका लागि नेपाल तथा भारत सरकारले घोषणा गरेको लकडाउनका कारण पछिल्लो डेढ महिनादेखि भारतमा नेपालीहरु अपलत्र अवस्थामा रहेको, कैयन नेपालीहरु भोकले मर्ने अवस्थासमेत आएको जानकारी गराउँदै समस्यामा स्वदेश फर्कन चाहने नागरिकलाई यथासिघ्र देश भित्र लैजान जोडदार माग गरिएको छ ।

प्रेस विज्ञप्ति
कोरोना भाइरस सङ्क्रमणले विश्व मानव समुदाय आक्रान्त भएको छ । कोरोनाको रोकथामका लागि नेपाल लगायत विश्वका देशहरूले योजना बनाएका छन् ।जसमा सामाजिक दुरी र लकडाउन प्रमुख रहेका छन् । लकडाउनका कारण नेपाल लगायत विश्वका अन्य राष्ट्रहरूमा समेत अर्थतन्त्रको सङ्कट देखा परेको छ । भारतको कश्मीर देखि कन्याकुमारीसम्म होटेल ,रेस्टुरेन्ट,कलकारखाना,आदिमा कार्यरत नेपाली नागरिकहरूको स्थिति दिन प्रतिदिन दयनीय बन्दै गएको छ । यस्तो अवस्थामा कोभिड(१९ को सङ्क्रमण नेपाल भित्र नभित्रियोस् भनेर नेपाल सरकारले पनि नेपाल भारतका सिमानामा अनिश्चित कालसम्म अघोषित रोक लगाएको छ । भारतमा काम गर्ने लाखौँ मजदुरहरूलाई स्वास्थ्य परीक्षण सहित क्वारेन्टाइनमा राख्नुको साटो आगमनमा निषेधित गर्नु आपत्तिजनक छ ।

कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि लगाइएको लकडाउनले भारतमा रहेका श्रमिक मजदुरको रोजगारी खोसिएपछि आयस्रोत बन्द भएर बेखर्ची अवस्थामा अलपत्र परेका छन् । उनीहरूलाई काम गर्ने ठाउँका मालिकहरूले खानपन व्यवस्थापनमा समेत ध्यान दिएका छैनन् । त्यसैले गर्दा उनीहरूको जीवन एकदमै दयनीय बन्दै गएको छ । आर्थिक स्थिति नाजुक भएका लाखौँ नेपालीहरूको आवश्यकता, व्यवस्था र जिम्मेवार प्रति सम्बन्धित निकायलाई विशेष ध्यान र्पुयाउन माग गर्दछौ । भारतका दिल्ली ,महाराष्ट,दक्षिण भारत ,पन्जाब , लगायत राज्यमाहरूमा रोकिएका मजदुरहरू, विद्यार्थी, पर्यटक, उपचारको सिलसिलामा आएका बिरामीहरू ,आफन्त भेट्न आएकाहारुलाई नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यु र भारत सरकारका सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदी ज्युले कुटनैतिक रुपमा पहल गरी भारतमा फसेका नेपालीहरूलाई तत्काल खाना ,बस्न ,औषधि उपचारको व्यवस्थापन गरी नेपालका गाउँपालिका र भारत स्थित नेपाली दूतावासबाट यहाँ काम गर्नेहरूको सत्य तथ्य तथ्याङ्क निकाली उनीहरूलाई आवश्यकता अनुसार स्वस्थ परीक्षण गरी छिटो स्वदेश फिर्ता गर्नु पर्छ । आवश्यकता अनुसार क्वारेन्टाइनको व्यवस्था गर्नु पर्छ । आफ्नो देशको नागरिको रक्षा गर्नु राज्यको कर्तव्य हो । स्वदेश फर्कन चाहने नागरिकलाई यथासिघ्र देश भित्र लैजान जोडदार माग गर्दछौ ।


महामारीको यस्तो सङ्कट अवस्थामा हाम्रो सङ्गठन जनताको घर दैलोमा गएर राहत वितरण कार्य गरेको सर्वविवितैै छ । भारतमा यहाँको स्थानीय प्रशासन, भाइचारा सङ्गठन, नेपाली सङ्घ सङ्गठनहरू, पत्रकार, वुद्धिजीवी, विद्यार्थी, नागरिक समाज, कार्यकर्ता, समर्थक, शुभचिन्तक, आदरणीय सहयोगी दाताहरू, सम्पूर्णलाई केन्द्रीय समितिको तर्फबाट धन्यवाद प्रकट गर्दछौ ।आगामी दिनहरूमा पनि जनताको सेवामा सगठित रूपमा लागिरहन सबैलाई हार्दिक अनुरोध गर्दछौ ।

महासचिव
चक्र बहादुर मलाती
अखिल भारत नेपाली एकता मंच

फेसबुकबाट तपाईको प्रतिक्रिया