भारतीय जंगलमा एक नेपालीको शव फेला

कञ्चनपुर । पुनर्वास नगरपालिका सीमा सँग जोडिएको भारतीय दुधुवा राष्ट्रिय निकुञ्जमा एक नेपालीको शव फेला परेको छ ।

ओद्रीका ३५ वर्षीय शिवलाल रानाको बिहिबार गोली हानी हत्या भएको अवस्थामा परिवारले फेला पारेको हो । राना बुधबार दिउँसो करिब २ बजे घरबाट निस्केको र अबेर सम्म घर नफर्के र खोजी गर्दैजाँदा बिहिवार करिब १२ बजे शव भेटिएको परिवार स्रोतले बताएको छ ।

मृतकको छातीमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया