जिन्दगीदेखि हरेस खानु भयो ? बुद्धिसगरका यी भनाइले तपाइको जिन्दगी बदल्न सक्छ

नेपाली साहित्य प्रेमीको सामु चिरपरिचित नाम हो बुद्धिसगरका बस्याल। उनै सबैका प्रिय बस्यालका केहि जीवन उपयोगी भनाइहरु:-

१. हिँड्दा खुट्टा थाकेजस्तो लाग्यो भने दुर्घटनामा खुट्टा काटिएकालाई सम्झिनुस् ।


२. हेर्दा आनन्द लाग्ने केही देख्नुभएन भने जन्मजातै नेत्रबिहीन भएकालाई सम्झनुस् ।


३. आफ्नो भारी आँफै बोक्न लाज लाग्छ भने बुढेसकालमा प्रचन्ड गर्मीमा कुन्टलौ गहुँग्रो भारी बोक्नेहरुलाई सम्झिनुस् ।


४. हप्प गर्मी बढेजस्तो लाग्यो भने दिनभरी सडक किनारमा नाङ्लोमा चुरोट बेच्ने बुढी आमैलाई सम्झिनुस् ।


५. परिवारले अनेक थरी कुरा गरेर दिक्क लाएजस्तो लाग्यो भने बिद्धाश्रममा एक्लो भएर काल कुरिरहेका बृद्ध र बृद्धालाई सम्झिनुस् ।

६. बाआमाको कुराले चोट पुगेजस्तो लाग्यो भने सडक किनारमा घुँडा खुम्चाएर सुतेका सडक बालबालिकालाई सम्झिनुस् ।


७. शहरमा घडेरी किन्न सकिनँ भनेर तनाव छ भने बाँच्ने लोभमा आफ्नो किड्नी बेच्नेहरुलाई सम्झिनुस् ।

८. प्रेम बियोग परेको छ भने झरीमा आफू रुझेर साडीको सप्कोले तपाईको शिर छोपिदिने आमालाई सम्झिनुस् ।

स्रोत:- बुद्धिसगरको फेसबुक प्रोफाइल

फेसबुकबाट तपाईको प्रतिक्रिया