चर्चित विवादित सिरिज ‘पाताल लोक’का अभिनेता बसरा मृत फेला

भारत।चर्चित सिरिज ‘पाताल लोक’का अभिनेता आसिफ बसरा मृत भेटिएका छन्।

५३ वर्षीय बसरा हिमाञ्चल प्रदेशको धर्मशालास्थित एक निजी कम्प्लेक्समा बिहीबार मृत भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एउटा घर भाडामा लिएर बसरा पाँच वर्षदेखि धर्मशालामा बसिरहेका थिए।

नेपाली नारीलाई अपशब्द बोलेको यो वर्षको विवादित चर्चित सिरिज ‘पाताल लोक’मा बसरा देखिएका थिए। ‘वन्स अपन अ टाइम इन मुम्बई’, ‘जब वी मेट’, ‘क्रिस थ्री’, ‘एक भिलेन’लगायत चलचित्रमा पनि उनको भूमिका थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया